कुनै पनि राष्ट्र सम्पन्न हुनको लागि त्यँहाको ब्यक्ति अनि समाज सम्पन्न हुन आवश्यक हुन्छ । तर त्यो तव मात्रै सम्भव हुन्छ जब त्यस ठाँउमा युवाहरुको जोश र जाँगरलाई अधिकत्म परिचालन गरि उनिहरुलाई सक्षम बनाई बिकासको मुलधारमा ल्याउन सकिन्छ । यस कथनलाई आत्मसाथ गदेै युवा बिकास बहुउ२ेश्यीय सहकारी संस्था लि को नाममा मिति २०७२-०६-२४ मा सहकारी ऐन २०४८ बमोजिम नेपाल सरकार, गरिवी तथा सहकारी मन्त्रालय अन्तर्गत डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई मिति २०७२ कार्तिक २५ गते लक्ष्मीपुजाको दिन विधिवत रुपमा उद्घाटन सम्पन्न भएको हो । र, सोहि दिन देखि काठमाडौंको पाको न्युरोडमा रहेको कार्यालयबाट कारोबार सञ्चालन हुदै आएको हो । यस युवा बिकास बहुउ२ेश्यीय सहकारी संस्था लि ले एकातिर निरन्तर रुपमा संस्थामा आवद्ध आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आफनो पहिचान बनाउन सफल हुँदै आएको छ भने अर्कौतिर आफनो उदेश्य तिर उन्मुख हुदै सदस्यहरु प्रतिको उत्तरदायित्व समेत महसुस गराउन सफल हुदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.